काठमाडौँ । सरकारले तत्कालीन सरकारका पालामा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने भएको छ । मन्त्रिपरिषद् निर्णय गर्दै सरकारले कपी शर्मा ओलीको पालामा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने तयारी गरेको हो ।
सरकारका एक मन्त्रीले दिएको जानकारी अनुसार सरकारले भारतका लागि डा. शंकरप्रसाद शर्मा, चीनका लागि कृष्णप्रसाद ओली, अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्रकुमार घिमिरे, इजरायलका लागि धनप्रसाद पण्डितलाई फिर्ता बोलाउने तयारी गरेको छ ।
त्यस्तै, जर्मनीका लागि शाहिल रुपाखेती, स्पेनका लागि शनिल नेपाल, रूसका लागि जंगब चौहानलाई पनि फिर्ता बोलाउने तयारी गरिएको बताइएको छ । साथै मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाललाई पनि फिर्ता बोलाउने सरकारको तयारी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्