काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कामु डेपुटी सिइओ निरञ्जल फुँयालले राजीनामा दिएका छन् । उनले निजी क्षेत्रको लगानी रहेको इन्भेष्टमेन्ट कम्पनीको सिइओ बन्न नेप्सेको डिसिइओबाट राजीनामा दिएका हुन् ।
फुँयालले असोज १० गते नै नेप्सेमा राजीनामा बुझाएको नेप्सेका एक उच्च अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार उनको राजीनामा आगामी बस्ने सञ्चालक समितिको बैठकले स्वीकृत गर्नेछ ।
यता फुँयाल एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सिइओ बन्ने लाइनमा छन् । सोही कारण उनले नेप्सेबाट राजीनामा दिएको स्रोतका दाबी छ । गैरआवसीय नेपालीको मुख्य लगानी रहेको उक्त कम्पनी नेप्सेमा सूचीकृत छ ।













