काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३२३ कम्पनीको १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ९० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार युनियन हाइड्रोपावर लिमिटेडको भएको छ । यस कम्पनीको २७ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा दरमखोला हाइड्रो इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।
यता, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।













