काठमाडौँ । पोखरा बचत तथा ऋण सहकारी संस्थाको करोडौँ हिनामिना प्रकरणमा हिनामिना लुकाउन नियामकलाई नै घुस दिएको पाइएको छ । वित्तीय विश्लेषक निर्मल गौतमको प्रतिवेदनले सहकारीमा भएको हिनामिना लुकाउन नियामकलाई नै घुस दिएको खुलासा गरेको हो ।
प्रतिवेदनले सहकारीमा भएको ८८ करोड ७० लाख रुपैयाँ हिनामिना लुकाउन सहकारी रजिस्ट्रारदेखि मन्त्रालयसम्मका कर्मचारीलाई घुस दिएको खुलासा गरेको छ ।
उक्त सहकारीमा भएको रकम हिनामिना प्रकरणमा पक्राउ परेका सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदार, प्रबन्धक भीष्मप्रताप गुरुङ, कोषाध्यक्ष हिरामणि दाहालको बयानमा पनि हिनामिना लुकाउन नियमनकारी नियाका कर्मचारीलाई घुस दिएको उल्लेख छ ।
उनीहरुसँगै उक्त प्रकरणमा शम्भुराज बास्तोला, सचिव दिलबहादुर केसी खत्री, सञ्चालक समितिका पूर्वसचिव इन्द्रप्रसाद, सञ्चालक समिति सदस्य दोर्जे तामाङ, बजार प्रमुख वेदीप्रसाद सुवेदी पनि पक्राउ परेका छन् । हाल प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ ।













