×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल लाइफ इन्स्योरेन्सले गर्यो १७.५ प्रतिशत लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

LAXMI SUNRISE BANK

नेशनल लाइफ इन्स्योरेन्सले गर्यो १७.५ प्रतिशत लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

३२ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १७.५ प्रतिशत लाभांश आफ्नो सेयरधनीलाई दिने घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालन समितिको ४३६औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफनो लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
कम्पनीले चुक्ता पुँजी ३ अर्ब ८ करोड २६ लाख २६ हजार रूपैयाँको १५ प्रतिशतले हुन आउने ४६ करोड २६ लाख ९३ हजार ९ सय ८३ रूपैयाँ बराबरको नगद लाभांश र २.५ प्रतिशतले हुन आउने ७ करोड ७० लाख ६५ हजार ६ सय ६४ रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिएकाे कम्पनीले जनाएकाे छ । त्यसैगरी, बीमा समितिबाट अनुमाेदन भएपश्चात मात्र उक्त लाभांश वितरण गरिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी