काठमाडौँ । कुमारी बैंक लिमिटेडले ‘ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट’ नामक निक्षेप योजना ल्याएको छ ।
‘एक खाता एक रुख’ सिद्धान्तमा आधारित यो योजना अन्तर्गत खोलिने हरेक खाता बापत एक रुख बैंकका तर्फबाट रोपिने हुनाले प्रत्येक निक्षेपकर्ताहरुको पर्यावरण संरक्षण तथा प्रवर्द्धनमा अप्रत्यक्षरुपमा सहभागिता रहनुका साथै खातावालहरुले निम्नानुसारका आकर्षक सुविधाहरु समेत प्राप्त गर्ने बैंकले जनाएको छ ।
– साधारण बचत खाताको भन्दा ०.२५ प्रतिशत अधिक ब्याजदर
– एक लाख सम्मको बिमा सुविधा
– दुई वर्ष सम्म निःशुल्क मोबाइल बैंकिङ सेवा
– दुई लाख सम्मको फोनलोन सुविधा (योग्यता अनुसार)
-यस योजना अन्तर्गत खोलिएका प्रत्येक खाता बापत एक रुख रोपिने
यस योजनाबाट संकलन हुने निक्षेपलाई दिगो विकास प्रवर्द्धन गर्ने, पर्यावरणलाई सकरात्मक प्रभाव सृजना गर्ने क्षेत्रहरुमा कर्जा प्रवाह गर्ने तथा प्रत्येक खाता बापत एक रुख रोप्ने भएकोले यस अभ्यासबाट वातावरण संरक्षणमा दोहोरो प्रभाव सृजना हुने बैंकका दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले बताएका छन् ।

बैंकले सबै शाखाहरूमा यो योजना उपलब्ध गराएको छ र इच्छुक ग्राहकहरूले बैंकको वेबसाईट वा नजिकको शाखामा सम्पर्क गरी विस्तृत जानकारी लिन सक्नेछन् ।
विगत २४ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवर्द्धन तथा दिगो विकासका अन्य लक्ष्यहरु हसिल गर्न संस्थागत सामाजिक उत्तरदयित्व अन्तर्गत विभिन्न परियोजनाहरुमा सहभागि हुदै देशभर रहेका अफ्नो ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्