काठमाडौँ । सकारीको बचत र ऋण मिलान कार्य स्थगित गरिएको छ । एक सूचना जारी गर्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले बचत र ऋण मिलान कार्य स्थगित गरेको हो ।
बचत र ऋण मिलान कार्यमा बिचौलिया सक्रिय हुन थालेको भन्दै बिहीबारदेखि बचत र ऋण मिलान कार्य नै स्थगित गरेको समितिले जनाएको छ ।
यसो त बचत र ऋण मिलान कार्यमा बिचौलिया सक्रिय भएको खबर यसअघि पनि पाएको समितिको भनाई छ । समितिले बिचौलिया सक्रिय भएको विषय सचेत गराउँदै सूचना समेत सार्वजनिक गरेको थियो । तर, बचत र ऋण मिलान कार्यमा बिचौलिया सक्रिय हुने क्रम नरोकिएपछि उक्त मिलान कार्य नै स्थगित गरेको समितिले जनाएको छ ।
समितिका अनुसार सहकारीमा ‘क्यास’ नभएको खण्डमा हिसाब मिलाउनका लागि समितिले बचतकर्ता र ऋणीबीच सहमति गराएर हिसाब मिलान गरिँदै आएको थियो । तर, अनुचित लाभ लिने उद्देश्यले बचत र ऋण मिलान कार्यमा बिचौलिया हाबी हुन थालेपछि समितिले उक्त मिलान कार्य नै स्थगित गरिदिएको छ ।













