काठमाडौँ । सरकारको भौतिक संरचना पुनर्निर्माण कोषमा ८ करोड बढी रकम जम्मा भएको छ । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि क्षतिग्रस्त भएका भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापना कोषमा हालसम्म ८ करोड ५४ लाख रुपैयाँ जम्मा भएको हो ।
विभिन्न व्यवसायिक प्रतिष्ठान र संघसंस्थाहरुको गरेको सहयोगबाट कोषमा उक्त रकम जम्मा भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
कोषमा जम्मा भएको रकम क्षतिग्रस्त सार्वजनिक संरचनाको इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गर्न, सार्वजनिक संरचना तत्काल मर्मत गरी सेवा सुचारु गराउन, आर्थिक पुनरुत्थान र राहत र पुनःस्थापनाका लागि प्रयोग गरिनेछ ।













