काठमाडौँ । दुर्गा प्रसाईंको रिहाइको माग गर्दै नेपाल विद्युत प्राधिकरणको वेव साइट ह्याक भएको छ । नेपाली फर नेपाल नामक समूहले विद्युत प्राधिकरणको वेव साइट ह्याक गरेको हो ।
प्राधिकरणको को वेव साइट ह्याक गरी सो समूहले दुर्गा प्रसाईंको रिहाइको मागसहितको ब्यानर डिस्प्ले गरेको छ ।
यसअघि सोहि समूहले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेव साइटसमेत ह्याक गरेको थियो ।
समूहले नेपाल विद्युत प्राधिकरण, सडक विभाग, उद्योग विभाग, लगायत केहि क्याम्पसहरुको वेव साइटसमेत ह्याक गरेर दुर्गा प्रसाईंलाई रिहा गर्न माग गरिरहेका छन् । उनीहरुले प्रसाईंको रिहाइको माग गर्दै ती साइटहरुमा आफ्नो ब्यानर डिस्प्ले गराईरहेका छन् ।













