काठमाडौँ । क्यानडा लैजाने भन्दै ६ लाख रुपैयाँ ठग्ने व्यक्ति पक्राउ परेका छन् । रोजगारीका लागि क्यानडा लैजाने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २० वर्षीय आसमान विक पक्राउ परेका हुन् ।
काभ्रेपलाञ्चोकको चोरीदेउराली गाउँपालिका-९ घर भई हाल ललितपुर-३ बस्ने विकलाई काठमाडौँबाट पक्राउ गरिएको काठमाडौँ-११ बाट उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार विकले एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि क्यानडा लैजाने भन्दै ६ लाख रुपैयाँ लिएका थिए । त्यसपछि उनी सम्पर्कविहीन भएका थिए । लामो समयसम्म सम्पर्कविहीन भएपछि पीडितले प्रहरीमा दिएको उजुरीका आधारमा विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हाल पक्राउ परेका विकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।













