×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीमा एक लाखसम्म जम्मा गरेका बचतकर्ताको पैसा फिर्ता गर्ने तयारी, कार्यविधि बनाइँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सहकारीमा एक लाखसम्म जम्मा गरेका बचतकर्ताको पैसा फिर्ता गर्ने तयारी, कार्यविधि बनाइँदै

Artha Sarokar

७ मंसिर २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले सहकारी संस्थामा एक लाखसम्म बचत जम्मा गरेका बचतकर्ताहरुको बचत फिर्ता गर्ने तयारी गरेको छ । सरकारले कार्यविधि नै बनाएर सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने तयारी गरेको हो । 

हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कार्यविधि तयार गरेर अर्थ मन्त्रालय पठाएको छ । 

अर्थ मन्त्रालयले कार्यविधि स्वीकृत गरेसँगै उक्त कार्यविधि कानून मन्त्रालयको राय लिएर मन्त्रिपरिषदमा पठाइनेछ । मन्त्रिपरिषदबाट कार्यविधि पारित भएपछि सोही कार्यविधिमा टेकेर सहकारीमा एक लाख वा सो भन्दा कम रकम भएका बचतकर्ताहरुको बचत फिर्ता गर्ने काम सुरु हुने बताइएको छ ।

अर्थ मन्त्रालय पठाइएको कार्यविधि अनुसार सरकारले निश्चित रकम बिउ पूँजीका रुपमा चक्रीय कोषमा जम्मा गर्नेछ र त्यहीँबाट समस्याग्रस्त घोषणा भएका सहकारीका बचतकर्तालाई बचत फिर्ता गरिनेछ । पछि सहकारीको सम्पत्ति लिलाम गरेर संकलन भएको रकम पुनः सोही कोषमा जम्मा गरिनेछ ।

 

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी