×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सातवटा उद्योग र फर्मलाई कारवाही, ५ हजारदेखि २ लाख ५० हजारसम्म जरिवाना तिराइयो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सातवटा उद्योग र फर्मलाई कारवाही, ५ हजारदेखि २ लाख ५० हजारसम्म जरिवाना तिराइयो

Artha Sarokar

१२ मंसिर २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न सातवटा उद्योग र फर्मलाई कारबाही तथा निर्देशन गरेको छ । विभागको टोलीले ती उद्योग र फर्महरूको अनुगमन निरीक्षण गरी उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन तथा कारबाही गरेको हो ।

तारकेश्वर–५ गोलढुङ्गास्थित क्रिष्टल स्टोरलाई रु दुई लाख पाँच हजार, काठमाडौँ मनपा–३१ नयाँबानेश्वरस्थित घुम्ती किचेनलाई रु २० हजार, काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित ग्रिन बड्स बेकरी क्याफे प्रालिलाई रु पाँच हजार कारबाहीस्वरुप जरिवाना गराएको हो ।

त्यसैगरी, ललितपुर महानगरपालिकाको पुल्चोकस्थित सुमेरु अस्ताल परिसरमा रहेको क्यान्टिन, महालक्ष्मी नपा–१ ललितपुरस्थित किष्ट क्याफेटेरिया, काठमाडौँ मनपा–२९ सिंहदरबारस्थित जीएण्डबी क्याफे, काठमाडौँ मनपा–२७ वीर अस्पतालमा रहेको ग्रुप गुजेश्वरी होटल प्रालि (शाखा)लाई सामान्य निर्देशन दिएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी