Skip to content
LAXMI SUNRISE BANK

बीमाको ८० लाख हात पार्न मृत्युको नाटक, चितामा ‘डमी’ देखेपछि खुल्यो पोल !

अर्थ सरोकार

काठमाडौँ । बीमाको रकम हात पार्न आफ्नै नोकरको मृत्युको नाटक गर्ने व्यक्ति पक्राउ परेका छन् । भारतको उत्तर प्रदेशस्थित हापुरमा बीमाबापतको रकम हात पार्न आफ्नो जीवित नोकरको मृत्युको नाटक गर्ने कमल सोमानी पक्राउ परेका हुन् ।

उनलाई बीमाको रकम हडप्न मृत्युको षड्यन्त्र रचेको आरोपमा पक्राउ गरिएको उत्तर प्रदेश प्रहरीले पुष्टि गरेको छ । 

भारतीय प्रहरीका अनुसार कमलले आफूकहाँ काम गर्ने नोकरको ५० लाख भारतीय रुपैयाँ (नेपाली ८० लाख रुपैयाँ) को बीमा गरिदिएका थिए । सोही बीमाबापतको ८० लाख रुपैयाँ हडप्न उनले आफ्नै नोकरको मृत्यु भएको घोषणा गरेका थिए । यतिसम्म की उनले मृत्युको नक्कली सर्टिफिकेटसमेत बनाएको प्रहरीले जनाएको छ । 

तर, दाहसंस्कारका क्रममा मानिसहरुले चितामा नोकरको शवको साटो ‘डमी’ देखेपछि कमलले रचेको नाटकको पोल खुलेको थियो । 

शंका लागेर कमलको घरमा छापा मारेको प्रहरीले थप दुईवटा ‘डमी’ फेला पारेको थियो । हाल प्रहरीले कमललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको भारतीय प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK