काठमाडौँ । जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका कृषि उद्यमी तथा व्यवसाय गर्न चाहने बेरोजगार युवालाई राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा सरल कृषि कर्जामा ब्याज अनुदान दिने भएको छ ।
कृषक समूह तथा सहकारी संस्थालाई कृषि व्यवसायका लागि सहज रूपमा बैंकबाट कर्जा प्राप्त गरी ब्याजमा अनुदान प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । उनका अनुसार अनुदान लिने व्यवसायीलाई कार्यक्रममा सहभागी हुन सार्वजनिक सूचना जारी गरिएको छ ।
गाउँपालिकाभित्र बसोबास गर्ने युवालाई स्वरोजगार बनाउने र व्यवसायमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले अनुदान दिन लागिएको अध्यक्ष धितालले बताए । उनका अनुसार कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिक वा कानुनी रूपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फार्म वा कम्पनीले गाउँपालिकाको सिफारिससहित कर्जाका लागि आवेदन दिन सक्नेछन् ।
बैंकले कृषि कर्जा निर्देशिका, २०६९ (संशोधनसहित) अनुसार लगानी गरिने यो कर्जा अवधिक र चालु पुँजी दुवै प्रकृतिको हुनेछ । यो कर्जा ग्रेस अवधिसहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिनेछ । बढीमा रु १० लाखसम्म प्रदान गरिने किसान सरल कर्जामा आधार दरमा पाँच प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिएको छ । गाउँपालिकाले आफ्नो कोषबाट ऋणीलाई एक प्रतिशत ब्याज अनुदान दिने गाउँपालिका अध्यक्ष धितालले जानकारी दिए ।
यो कर्जा लगानीपश्चात् कृषिउपजको व्यावसायिक उत्पादन भई स्वरोगारमा वृद्धि हुने, आयआर्जन बढ्ने, आयात प्रतिस्थापन हुने तथा गाउँपालिकाको नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको गाउँपालिका प्रवक्ता तीर्थ वडले बताए ।
उक्त कार्यक्रममा सहभागी हुन चाहिने कागजातमध्ये व्यावसायिक युवाले नागरिकताको प्रतिलिपि, सम्बन्धित वडाको सिफारिस, गाउँपालिकाको सिफारिस, व्यायसायिक योजना तथा जग्गाधनी प्रमाणपत्रसहित अन्य आवश्यक कागजात पनि उपलब्ध गराउनुपर्ने सिञ्जा गाउँपालिकाले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्