काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक हजार दरका नयाँ नोट छाप्ने जिम्मा पनि चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै राष्ट्र बैंकले एक हजार दरका नयाँ नोट छाप्ने जिम्मा चाइना नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई दिइएको जनाएको हो ।
राष्ट्र बैंकका अनुसार चाइना नोट प्रिन्टिङलाई एक हजार दरका ४३ करोड थान नयाँ नोट डिजाइन, छपाई र आपूर्तिका जिम्मा दिइएको छ ।
राष्ट्र बैंकले गत भदौ १० गते आह्वान गरेको बोलपत्रमा सबैभन्दा कम मूल्य प्रस्ताव गरेको उक्त चिनियाँ कम्पनीलाई नै नोट छाप्ने जिम्मा दिइएको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार चिनियाँ कम्पनी चाइना नोट प्रिन्टिङसँग कुल एक करोड ६९ लाख ८५ हजार अमेरिक डलर अर्थात २ अर्ब ४२ करोड ६७ लाख ६१ हजार रुपैयाँमा नोट छपाईको जिम्मा दिने सहमति भएको छ ।













