काठमाडौँ । सरकारले पाँच लाख रुपैयाँ भन्दा बढीको कारोबार गर्दा अनिवार्य रुपमा बैंकिङ च्यानलमार्फत गर्नुपर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले आगामी माग १ गतेदेखि एकपटकमा पाँच लाख वा सो भन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंंकिङ उपकरणमार्फत गर्नुपर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिएका छन् ।
त्यस्तै, सरकारले श्रीलङ्कामा भीषण बाढीपहिरोले क्षति गरेकाले नेपाल सरकारले सहायतास्वरुप दुई लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय पनि गरिएको प्रवक्ता खरेलले बताएका छन् ।
सरकारले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा सहिद भएका परिवारलाई परिचयपत्र दिने र भदौ २३ गतेलाई हरेक वर्ष ‘जेन-जी दिवस’का रुपमा मनाउने पनि निर्णय गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्