काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक ०.५३ अंकले घटेर २६४४.७० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २४ कम्पनीको १ करोड ८ लाख १० हजार १ सय ६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४८ करोडमाथीको कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार युनिअन हाइड्रोपावरको भएको छ । यस कम्पनीको ३१ करोड ८१ लाख ३५ हजार ४ सय ७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, मंगलबारको बजारमा ६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माबिलुङ इनर्जी, बुङ्गल हाइड्रो र श्रीनगर एग्रीटेकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यी कम्पनीमा लगानी गरेका लगानीकर्ता मालामाल भएका छन् ।
यता, ग्रिन भेन्चरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो ।







प्रतिक्रिया दिनुहोस्