काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुले दृष्टि आई केयर सिष्टममा छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले दृस्टी आई केयरमा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएको हो ।
सम्झौता पश्चात बैंकका ग्राहकहरुले काठमाडौंमा रहेको दृष्टि आई केयरमा उपलब्ध विभिन्न सेवाहरु उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त हस्पिटलमा आँखा, नाक, कान तथा घाँटी सम्बन्धी उपचार गर्दा छुट सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । इएनटि एण्ड जेनरल सर्भिस अन्तर्गत ओपिडीमा २० प्रतिशत तथा इन्भेस्टिगेशनमा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।
साथै, आँखा उपचार गर्दा ओपिडी जेनरलमा २० प्रतिशत, अप्रेशन चार्ज, सर्जरी प्याकेज तथा इन्भेस्टिगेशनमा ५ प्रतिशत, ल्याबोरेटरीमा १० प्रतिशत र अप्टिकल प्रडक्ट्समा ७.५ प्रतिशत छुट सुविधा उपयोग गर्न सकिनेछ।
यस सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।







प्रतिक्रिया दिनुहोस्