Skip to content
LAXMI SUNRISE BANK

बिवाइडीका गाडीमा ब्याट्रीको समस्याः गुड्दागुड्दै लाग्न थाल्यो आगो, बिक्नै छोडेपछि ८९ हजार गाडी फिर्ता पठाइँदै !

अर्थ सरोकार

काठमाडौँ । ब्याट्रीमा अत्याधिक समस्या देखिन थालेपछी बिवाइडीका हजारौँ हाइब्रीड एसयूभी गाडी फिर्ता गरिँदैछ । चिनियाँ विद्युतीय गाडी निर्माता कम्पनी बिवाइडीले घरेलु बजारबाट ८८ हजार ९ सय ९१ हाइब्रीड यसयूभी गाडी (क्यून प्लस डीएम-आई)हरु फिर्ता लैजान लागेको हो । 

यी गाडीहरुमको ब्याट्री प्याक स्थिरतामा कमजोरी देखिएको स्वयम् कम्पनीले स्वीकारेको छ ।  

यही कारण सन् २०२१ र सन् २०२३ को बीचमा उत्पादन भएका हाइब्रीड यसयूभी गाडी फिर्ता गर्न लागिएको बिवाइडीले जनाएको छ । यस अवधिमा उत्पादन भएका गाडी फिर्ता गर्न बिवाइडीलाई चीनको बजार नियमनका लागि राज्य प्रशासन (एसएएमआर)ले नोभेम्बर २८ मै निर्देशन दिएको थियो ।

बिवाइडीले फिर्ता गर्न लागेका गाडीहरुमा गुड्दागुड्दै आगो लाग्ने समस्या अत्याधिक देखिएको थियो । त्यस्तै, चार्जिङमा राखिएकै बेला पनि गाडीमा आगो लाग्ने समस्या देखिएको थियो । 

यसरी गाडीमा आफैँ आगो लाग्ने समस्या बढेपछि बिवाइडीको गाडी किन्नेहरु ह्वात्तै घटेका थिए । यतिसम्म कि केही समयअघि बिवाइडीका गाडीहरु घरभित्र पार्किङ नगर्न पनि भनिएको थियो । हाल बजारमा पठाइएका गाडीहरु बिक्नै छोडेपछि बिवाइडीले समस्या देखिएका ८८ हजार ९ सय ९१ गाडी फिर्ता गर्ने घोषणा गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK