×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्यान र कामना सेवाबीच सम्झौता, चार्टर्ड एकाउन्टेन्ट र उनीहरुका ‘जीवनसाथी’लाई रु १५ लाख सम्म विनाधितो ऋण दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एक्यान र कामना सेवाबीच सम्झौता, चार्टर्ड एकाउन्टेन्ट र उनीहरुका ‘जीवनसाथी’लाई रु १५ लाख सम्म विनाधितो ऋण दिने

२९ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ. (एक्यान) र कामना सेवा विकास बैंक लि. बीच एक्यानमा आवद्ध सदस्यहरुलाई बिनाधितो प्रोफेश्नल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ ।
द्विपक्षीय समझदारी पत्रअनुसार एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १ सय २४ शाखाबाट एकै दिनमा बिनाधितोमा रु १५ लाख सम्मको प्रोफेश्नल कर्जा प्रदान गरिनेछ । यो सम्झौता पछि एक्यानका सदस्यहरुले व्यक्तिगत आवश्यकताहरु पूरा गर्नको लागि बिनाधितोमा सहुलियतपूर्ण बैंकिङ सुविधा (कर्जा) लिन सहज हुने कुरामा आफु बिस्वस्त रहेको संघका उपाध्यक्ष रमेश धितालले जानकारी दिए ।
एक्यानमा आवद्ध सदस्यका ‘जीवनसाथी’द्वारा सञ्चालित व्यापार व्यवासयलाई समेत सहुलियतपूर्ण कर्जा प्रवाहको लागि समझदारी भएको धितालले जानकारी दिए ।
यस समझदारी पत्रमाकामना सेवाविकास बैकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री प्रविण बस्नेत र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ. तर्फबाट अध्यक्ष आनन्द राजशर्मा वाग्लेले कामना सेवा विकास बैंकको केन्द्रिय कार्यलयमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी