काठमाडौँ । सहकारी संस्थाहरुलाई व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न निर्देशन जारी गरिएको छ । सहकारी विभागले संस्थाको कारोबारको रकम व्यक्तिगत खातामा जम्मा नगर्न निर्देशन जारी गरेको हो ।
सहकारीको कारोबारको रकम सञ्चालक र सदस्यले व्यक्तिगत खातामा जम्मा गर्ने प्रवृत्ति बढेपछि यस्तो निर्देशन जारी गरिएको विभागका एक अधिकारीले बताएका छन् ।
विभागका अनुसार व्यवसायिक कारोबारबापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न मिल्दैन । तर, कुनै सदस्यले सहकारी संस्थाको कारोबारबापत प्राप्त रकम व्यक्तिगत खातामा जम्मा गरेको पाइए सोको जानकारी वित्तीय जानकारी इकाइमा पठाउन पनि आग्रह गरेको छ ।
निर्देशनका बावजुत पनि कसैले व्यवसायिक कारोबारबापतको रकम व्यक्तिगत खातामा जम्मा गरेको पाइए आयकर ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण नियमावली अनुसार कारवाही हुने विभागले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्