काठमाडौँ । नेपाल बीमा प्राधिकरणमा आन्दोलन सुरु हुने संकेत देखिएको छ । आफूहरुका माग सम्बोधन हुने स्थिति नदेखेपछि प्राधिकरणका कर्मचारीहरुले माग पूरा गर्न ७ दिने अल्टिमेटम दिएका छन् ।
सात दिन (आगामी आइतबार)भित्र माग पूरा नभए प्राधिकरणका कर्मचारीहरुले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
यसो त यसअघि आन्दोलित प्राधिकरणका कर्मचारीहरुले वृत्ति विकास, क्षमता विकास, बढुवा लगायतका माग राख्दै व्यवस्थापन पक्षलाई कर्मचारीका माग पूरा गर्न २१ दिनको समय दिएका थिए ।
तर, २१ दिनमा पनि माग सम्बोधन हुने स्थिति नदेखेपछि पुनः ७ दिने अल्टिमेटम दिइएको कर्मचारी युनियनका अध्यक्ष प्रेम हरि पोखरेलले जनाएका छन् । प्राधिकरणलाई दिइएको ७ दिने अल्टिमेटममा कर्मचारी संगठनले पनि ऐक्यवद्धता जनाएको छ ।
के–के छन् कर्मचारीका माग ?
अल्टिमेटममा कर्मचारीहरुले बीमा प्राधिकरणको सञ्चालक समितिले स्वीकृत भई मन्त्रालय गएको सेवा सुविधा तथा नयाँ दरबन्दी संरचनासहितको प्रतिवेदन लागू गर्ने तथा पदपूर्तिको प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
त्यस्तै, कर्मचारीहरुले कर्मचारी विनियमावली संशोधन गरेर भए पनि उपनिर्देशक पदमा आन्तरिक प्रतिस्पर्धा तथा कार्य सम्पादन मूल्यांकन प्रक्रियाबाट मात्र पदपूर्ति गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।
त्यस्तै, कर्मचारी विनियमावलीमा प्राविधिक–प्रशासन समूह तथा प्रदेश सरुवामा भौगोलिक व्यवस्था स्पष्ट पार्नुपर्ने, तालिम, मनोनयन, सरुवा र गुनासो सम्बोधनमा कर्मचारी प्रतिनिधित्व सुनिश्चित गर्ने, निर्देशक पदमा अधिकतम सेवा अवधि तय गर्ने, प्राधिकरणको उत्तराधिकारी योजना तत्काल लागू गर्ने तथा प्राधिकरणलाई अन्तर्राष्ट्रिय स्तरको प्रयास मार्फत आधुनिक बनाउने लगायतका माग कर्मचारीहरुले राखेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्