Skip to content
LAXMI SUNRISE BANK

सोमबार ३.०२ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ३.०२ अंकले घटेर २६०६.६७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ३१ कम्पनीको १ करोड १ लाख ४६ हजार ४ सय कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ६६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङ्गादि ग्रुप पावरको भएको छ । यस कम्पनीको ५५ करोड ८६ लाख ६७ हजार ८ सय ७४ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK