Skip to content
LAXMI SUNRISE BANK

हितेन्द्रदेव शाक्यलाई प्राधिकरणमा पुनर्स्थापित गर्न सर्वोच्चको आदेश, लोडसेडिङको डर बढ्यो, उद्योगी मख्ख !

अर्थ सरोकार

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको छ । शाक्यले दायर गरेको रिटउपर सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको हो ।

उनलाई कुलमान घिसिङ्गले मन्त्री भएपछि सरुवा गरेका थिए ।
योसँगै जनतामा पनि लोडसेडिङको डर पलाएको छ । शाक्य प्राधिकरणमा आएदेखि झ्याप्प, झ्याप्प, बत्ती जान थालेको थियो । शाक्य हटेसँगै पुन: त्यस्तो हुन छोडेको थियो । शाक्य प्राधिकरणमा पुन: आएपछि अव फेरि लोडसेडिङ बढ्ने खतरा बढेको छ ।
यता बिजुलीको बक्यौता तिर्न बाँकी उद्योगी भने यो निर्णयबाट मख्ख भएका छन् । कुलमानले आफ्ना मान्छेलाई प्राधिकरणमा नियुक्ति दिएर बक्यौता उठाउन खोजेको बुझेका उद्योगीहरुले शाक्यको पुनर्स्थापनासँगै राहतको स्वास फेरेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK