Skip to content
LAXMI SUNRISE BANK

सिटिइभिटीको उपाध्यक्ष पदमा दरखास्त माग, कसरी दिने आवेदन ?

अर्थ सरोकार

काठमाडौँ । सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)को उपाध्यक्ष मागेको छ । एक सार्वजनिक सूचना जारी गर्दै उपाध्यक्ष पदका लागि नाम छनोट तथा सिफारिस समितिले उपाध्यक्ष पदमा दरखास्त आह्वान गरेको हो ।

सिटिइभिटीको उपाध्यक्ष पदका लागि योग्यता पुगेका इच्छुक उम्मेदवारले सूचना जारी भएको सात दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन शिक्षा मन्त्रालयको शिक्षा शाखामा बुझाउनुपर्नेछ । 

आवेदन दिँदा वैयक्तिक विवरण, नागरिकताको प्रमाणपत्र, स्नातकोत्तर तहको प्रमाणपत्र, परिषद्बाट सम्बन्धन प्राप्त संस्थाको सञ्चालक पदमा कार्यरत नभएको स्वघोषणा र अनुभवसहितको कागजात बुझाउनुपर्नेछ । यस्तो छ सूचनाः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK