काठमाडौँ । जेनजी मुभमेन्ट नेपालका जेनजी लगानीकर्ताहरुले रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ तत्काल रोक्नुपर्ने माग राखेका छन् । अध्यक्षले ९ करोड घुस खाएर रिलायन्सलाई आइपीओ अनुमति दिएको विषय बाहिरिएपछि आज नेपाल धितोपत्र बोर्ड पुगेका जेनजी लगानीकर्ताहरुले सो आइपीओ तत्काल रोक्नुपर्ने माग गरेका हुन् ।
उनीहरुले अध्यक्ष सन्तोष नारायण श्रेष्ठको राजिनामासमेत मागेका छन् । साथै रिलायन्स भ्रष्टाचार प्रकरणको निष्पक्ष छानविन हुनुपर्ने, र भ्रष्टचारमा संलग्नहरुलाई कारवाही गर्नुपर्ने मागसमेत उनीहरुले राखेका छन् ।
आन्दोलनका कार्यक्रम लिएर बोर्ड पुगेको टोलीलाई बोर्डले तत्काल वार्तामा बोलाएको थियो । वार्तामा उनीहरुले ज्ञापनपत्रसमेत बुझाएका छन् ।








प्रतिक्रिया दिनुहोस्