Skip to content
LAXMI SUNRISE BANK

बुधबार ५.०३ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक ५.०३ अंकले घटेर २६०९.०३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २९ कम्पनीको ८६ लाख ४७ हजार ९ सय ४८ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ७३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार श्रीनगर एग्रिटेक इन्डस्ट्री लिमिटेडको भएको छ ।

त्यस्तै, बुधबारको बजारमा स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, झापा इनर्जीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK