×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकद्धारा वैभब बचत खाता सञ्चालनमा, आकर्षक ब्याजदरको सुविधा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

महालक्ष्मी विकास बैंकद्धारा वैभब बचत खाता सञ्चालनमा, आकर्षक ब्याजदरको सुविधा

१० जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो २७औं वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमको अवसरमा आकर्षक वार्षिक ५.५० प्रतिशत ब्याजदरको वैभव बचत खाता सञ्चालनमा ल्याएको छ । कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो नजिकैको शाखामा अनलाइनमार्फत ग्राहकहरुले सजिलै यस खाता खोल्न सक्नेछन् ।
उच्चतम प्रतिफल प्राप्त गर्न सकिने वैभब बचत खातामा मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट र मेरो सेयर जस्ता आवश्यक सुविधाहरुमा प्रथम वर्षको लागि शत प्रतिशत छुट प्रदान गरीएको छ । त्यस्तै उक्त खातामा लकर सुविधामा ५० प्रतिशत छुट दिनुका साथै कनेक्ट आइपीएसको सुविधा पनि रहेको छ । बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपीएस, क्यूआर कोड लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी