Skip to content
LAXMI SUNRISE BANK

उपहार खरिदमा भ्रष्टाचार, इमरान खान दम्पतीलाई १७-१७ वर्ष जेल सजाय 

अर्थ सरोकार

काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७-१७ वर्ष जेल सजाय सुनाइएको छ । पाकिस्तानको एक अदालतले खान दम्पतीलाई १७-१७ वर्ष जेल सजाय सुनाएको हो । 

१७-१७ वर्ष जेल सजाय सुनाएको अदालतले खान दम्पतीलाई एक करोड ६४ लाख पाकिस्तानी रुपैयाँ जरिवाना समेत तोकेको छ । 

उपहार खरिदमा भ्रष्टाचार गरेको कसुरमा खान अहिले रावलपिण्डीस्थित अडियाला जेलमै छन् । सोही जेलमा बसेको विशेष अदालतले यस्तो फैसला सुनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

खान दम्पतीमाथि सन् २०२१ मा साउदी युवराजबाट पाएको करिब ३ लाख ८० हजार युरो मूल्य पर्ने बुलगारी ब्रान्डको आभूषण सेट करिब २९ लाख पाकिस्तानी मूल्यमै खरिद गरेर सरकारी ढुकुटीमा करोडौँको क्षति गरेको आरोप छ  ।

उनीहरुलाई विश्वासघातको अभियोगमा १०-१० वर्ष र भ्रष्टाचार निवारण ऐन अन्तर्गत थप ७-७ वर्ष कठोर कारावासको सजाय सुनाइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK