काठमाडौँ । दुर्गा प्रसाईंले आफूहरु र जेन-जी युवा पुस्ताका मागहरु सम्बोधन नभए आगामी २१ फागुनमा निर्वाचन हुन नदिने चेतावनी दिएका छन् । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
उनले नागरिक बचाउ अभियान अघि सार्दै आएका मागहरु पूरा गर्न सरकारलाई यही पुस १० गतेसम्मको अल्टिमेटम समेत दिएका छन् । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई आफूहरूलाई वार्ताको नाममा जिस्क्याउने काम नगर्न समेत प्रसाईंले आग्रह गरेका छन् ।
उनले आफूहरुको अभियानलाई ६० भन्दा बढी राजनीतिक दल र जेन-जी पुस्ताको समेत समर्थन रहेको पनि बताएका छन् । ‘…हामीलाई नजिस्कयाउनुस् । हामीलाई अहिले ६० वटा दलले साथ दिइसकेको छ ।’, उनले भने, ‘हाम्रा र जेन-जीका मागहरु पूरा हुन्छन् भने यो देशमा फेरी चुनाव हुन्छ । नभए चुनाव किन चाहियो ?’
त्यस्तै, उनले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार पश्चिमाहरुको डिजाइनमा बनेको समेत आरोप लगाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्