काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका कर्मचारी आन्दोलित बनेका छन् । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) केशव कुमार पौडेलले गरेका निर्णयविरुद्ध कर्मचारी आन्दोलित बनेका हुन् ।
सिइओ भएलगत्तै पौडेलले कर्मचारीको पद घटुवा तथा पारिश्रमिक कटौती गर्ने निर्णय गरेपछि आन्दोलित हुनुपर्ने अवस्था आएको नेरुडे मिर्मिरे कर्मचारी संगठनका महासचिव महमद मकसुद अन्सारीले बताएका छन् ।
‘हामीले नयाँ सिइओलाई भव्य स्वागत गरेका हौँ ।’, अर्थ सरोकारसँग कुराकानी सुरु गर्दै कर्मचारी संगठनका महासचिव अन्सारीले भने, ‘तर सिइओ भोलिपल्टदेखि नै उल्टो बाटो हिँड्न थाल्नुभयो । उल्टो-उल्टो निर्णय गर्नुभएको छ ।’
अन्सारीका अनुसार सिइओ नियुक्त भएलगत्तै पौडेलले कर्मचारीको पद घटुवा गर्ने निर्णय गरेका छन् । सिइओ पौडेलले कार्यालय सहयोगी पदमा कार्यरत कर्मचारीलाई सरसफाइकर्मीमा घटुवा गरेका छन् ।
त्यति मात्र होइन, सिइओ पौडेलले कर्मचारीको पारिश्रमिकसमेत कटौती गरेको अन्सारीको भनाई छ । सिइओ पौडेलले मासिक १९ हजार रुपैयाँ पारिश्रमिक पाउँदै आएका कर्मचारीको तलब कटौती गरेर १० हजारमा झारिदिएको अन्सारीले बताएका छन् । ‘संस्था घाटामा छ भनेर कर्मचारीको तलब घटाइएको छ । संस्थाको नाफा/घाटा र कर्मचारीको तलबसँग के सम्बन्ध ?’ उनले भने, ‘नेपाल सरकारले तोकिदिएको न्यूनतम पारिश्रमिक दिनुपर्दैन ?’

यसरी नवनियुक्त सिइओ पौडेलले आफूखुसी कर्मचारीविरोधी निर्णय गरेपछि आन्दोलन नै गर्नुपर्ने परिस्थिति बनेको अन्सारीले बताएका छन् । ‘माहोल साम्य पारेका थियौँ । तर नयाँ सिइओले सबै कर्मचारीलाई भड्काइदिनुभयो । अहिले कर्मचारी आन्दोलन गर्ने अवस्थामा पुगेका छन् ।’, उनले भने, ‘यही स्थिति रहे कर्मचारीले सिइओलाई हेडअफिसमै थुन्छन् ।’
परिपत्रमा के छ ?
नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले जारी गरेको परिपत्रमा करार तथा बाह्य स्रोतबाट कर्मचारी भर्ना सम्बन्धी कार्यविधि, २०८१ लागू भइसकेको उल्लेख छ ।
सो कार्यविधिअनुसार शाखा कार्यालयमा कार्यालय सहयोगी नियुक्त गर्दा वा सरसफाईकर्मी नियुक्त गर्दा वा करार अवधि समाप्त भए पश्चात पुनः नियुक्ति गर्दा घाटामा गएका शाखा कार्यालयहरुले करार बेसको नभई दैनिक सरसफाइको लागि बिहानको समय २/३ घण्टा मात्र काममा लगाउने गरी शाखाको कारोबार साइज र कार्यबोझको आधारमा अधिकतम १० हजार रुपैयाँसम्म हुनेगरी सरसफाईकर्मीको रुपमा र नाफामा रहेका शाखा कार्यालयहरुले आंशिक समय काम गर्नेगरी कार्यालय सहयोगीको रुपमा अधिकतम १४ हजार रुपैयाँ मात्र हुनेगरि सिफारिस गर्न निर्देशन दिइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्