Skip to content
LAXMI SUNRISE BANK

रमेश लेखकलाई जाँचबुझ आयोगले बयानका लागि बोलायो, केपी ओलीको पालो कहिले ?

अर्थ सरोकार

काठमाडौँ । तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जाँचबुझ आयोगले बयानका लागि बोलाएको छ । भदौ २३ र २४ गते भएको सरकारी दमनबारे छानविन गरिरहेको गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले लेखकलाई बयानका लागि शुक्रबार बोलाएको हो ।

आयोगले लेखकलाई पत्र काटेर बयानमा बोलाएको हो । लेखकलाई बयानका लागि बोलाएसँगै आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ । 

लेखकले आफूले पत्र नपाएको र पत्र आएपछि बयान दिन जाने कि नजाने ? भन्ने निर्णय गर्ने बताएका छन् । यता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भने जाँचबुझ आयोगमा बयान दिन नजाने अडान लिएका छन् ।

आयोगले जेन-जी आन्दोलनमा भएको सरकारी दमन र उक्त घटनामा संलग्न अधिकांश व्यक्तिहरुको बयान लिइसकेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK