काठमाडौँ । कैलालीमा अत्याधिक चिसो बढेपछि सशस्त्र प्रहरीले ठाउँठाउँमा दाउरा वितरण गर्न थालेका छन् । चिसोका कारण दैनिक जीवन प्रभावित हुन थालेपछी सशस्त्र प्रहरीले आगो ताप्ने व्यवस्था गर्न दाउरा वितरण गरेका हुन् ।
यहीबीच कैलारी गाउँपालिका-३ स्थित सीमा सुरक्षा गुल्म खोनपुरले गाउँपालिकाका विभिन्न स्थानमा दाउरा वितरण गरेको छ ।
गुल्मका इन्चार्ज तथा सशस्त्र प्रहरी निरीक्षक गंगाधर मल्लको नेतृत्वमा ६ जना प्रहरी जवानको अगुवाइमा हसुलिया बजार क्षेत्र, शिवरत्नपुर, भितरीया, सुर्मिनाला, खोनपुर चोकमा दाउरा वितरण गरिएको हो ।

चोकचोक तथा सार्वजनिक स्थलमा दाउरा वितरण गरेपछि विद्यार्थी, तरकारी तथा खुद्रा व्यापार गर्ने व्यापारी, दुग्ध संकलन गर्न आउने व्यापारी तथा वृद्धवृद्धाहरु सोही दाउरा बालेर चोक चोकमा आगो ताप्न थालेका छन् । यसले अत्याधिक चिसो र सित लहरमा नागरिकका दैनिक जीवनमा केही सहज हुने विश्वास गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्