काठमाडौँ । साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक १०.८७ अंकले बढेर २६३३.७६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३४२ कम्पनीको १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब १३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ग्रीन भेन्चर्स लिमिटेडको भएको छ । यस कम्पनीको १७ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा एसवाई प्यानल नेपालका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्