Skip to content
LAXMI SUNRISE BANK

अंग्रेजी नयाँ वर्षको पहिलो दिन १२.८३ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहिबार नेप्से परिसूचक १२. ८३ अंकले घटेर २६२०.९२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३३६ कम्पनीको १ करोड १ लाख ५३ हजार २२६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ७१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । यस कम्पनीको २३ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् ।  यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, ग्लोबल आईएमई समुन्नत योजना-२ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK