Skip to content
LAXMI SUNRISE BANK

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३३५ कम्पनीको १ करोड २४ लाख ५९ हजार ९५१ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ६ अर्ब ४७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्ट्स लिमिटेडको भएको छ । यस कम्पनीको ३८ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबारको बजारमा सागर डिष्टिलरीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज सागरसहित पाँच कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, १०.३०% स्टाण्डर चार्टर्ड बैंक लिमिटेड डेबेञ्चरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK