Skip to content
LAXMI SUNRISE BANK

सिंगटी हाईड्रो इनर्जीले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अर्थ सरोकार

काठमाडौँ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको १:१ अनुपातमा एक सय रुपैयाँ अंकित मूल्यमा ३ करोड ४ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

उक्त हकप्रद निष्काशनका लागि हाइड्रो र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको छ । एक कार्यक्रमका बिच सिंगटी हाईड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध संचालक सुदिप खड्का र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

कम्पनीले उक्त निष्काशनबाट प्राप्त रकम अन्य हाइड्रोपावर कम्पनीहरुबाट प्रवर्धन गरेको ६१.११ मेगावाटको नारखोला जलविद्युत आयोजना तथा ८६.५९ मेगा वाटको लान्द्रुक मोदी जलविद्युत आयोजनामा लगानी गर्न प्रयोग गरिने जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK