Skip to content
LAXMI SUNRISE BANK

बिहीबार ४.५९ अंकले बढ्यो नेप्से परिसूचक, बजार २६४०.५४ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहिबार नेप्से परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२८ कम्पनीको १ करोड ४ लाख ३१ हजार ७६० कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ९० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । यस कम्पनीको २० करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा सान्भि इनर्जी लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, सुपर मादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK