Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँमा सार्वजनिक बसमा दिउँसै पकेटमारी, २ लाख ७५ हजार चोर्ने ४ जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँमा सार्वजनिक यातायातको बसमै पकेटमारी गर्ने ४ जना पक्राउ परेका छन् । काठमाडौँको गौशालाबाट मयुर यातायातको बसमा पकेटमारी गर्ने ३७ वर्षीय सरोज खड्का, ४२ वर्षीय बिकाश लामा, ३३ वर्षीय राजु गुरुङ र ३३ वर्षीय सुवास मगर पक्राउ परेका हुन् । 

उनीहरुलाई बाग्लुङ घर भई काठमाडौँ मित्रनगर बस्ने ३७ वर्षीय दिपेन्द्र शर्माले दिएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार शर्मा बुधबार बिहान २ लाख ७५ हजार रुपैयाँ झोलामा बोकेर सिनामंगलबाट मयुर यातायातको बसमा बढेका थिए । तर, गौशाला पुगेपछि उनले बोकेको कालो रङ्गको झोलामा राखेको २ लाख ७५ हजार रुपैयाँ पकेटमारी भएको थियो ।

आफ्नो पैसा चोरिएको थाहा पाएपछि उनले तत्काल प्रहरी वृत्त गौशालामा उजुरी दिएका थिए । उजुरीका आधारमा अनुसन्धान गर्दा पकेटमारमा संलग्नलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीहरुको साथबाट नगदसहित अन्य सामाग्री पनि बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका चारैजनाविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK