Skip to content
LAXMI SUNRISE BANK

मतदाताको विवरण बेच्दै निर्वाचन आयोग, देशभरका मतदाताको विवरणलाई १० हजार, एक जिल्लाको ३ हजार !

अर्थ सरोकार

काठमाडौँ । निर्वाचन आयोगबाट मतदाताको विवरण किन्न पाइने भएको छ । निर्वाचन आयोगले तयार गरेको प्रतिनिधि सभा निर्वाचन निर्देशिकाअनुसार १० हजार रुपैयाँमा देशभरका मतदाताको विवरण किन्न पाइने भएको हो ।

१० हजार रुपैयाँ तिर्ने राजनीतिक दललाई मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बर बाहेकको विवरण उपलब्ध गराउने आयोगले जनाएको छ । आयोगका अनुसार यस्तो विवरण हार्डड्राइभ वा पेनड्राइभमा दिइनेछ ।

त्यस्तै, कुनै एक प्रदेशको मतदाताको विवरण ५ हजार रुपैयाँमै लिन सकिने आयोगले जनाएको छ । यता कुनै एक जिल्ला वा निर्वाचन क्षेत्रको मतदाता नामावली लिन चाहनेलाई तीन हजार रुपैयाँ शुल्क तिरेर विवरण लिने मिल्ने व्यवस्था आयोगले गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK