काठमाडौँ । देशको सबैभन्दा बढी आन्दोलन हुने लघुवित्त, नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारी पुन: आन्दोलनमा होमिएका छन् । आफुहरुमाथि श्रम शोषण भएको, सिइओले भेदभाव गरेको, कर्मचारीका जायज माग पूरा नगरेको लगायतका कारण देखाउँदै उनीहरुले सिइओको राजिनामा माग गरेका हुन् ।
अहिले लघुवित्तको केन्द्रीय कार्यालयमा कर्मचारीको धर्ना जारी छ ।

अहिले नेरुडे मिर्मिरे लघुवित्तमा केशब पौडेल सिइओ छन् । उनी तत्कालीन सबैको लघुवित्तमा नक्कली नागरिकता उपर ऋण दिनेलाई जेल पठाउनुको सट्टा राजिनामा दिएर उन्मुक्ति दिएको लगायतका विषयमा विवादित बनेका थिए । त्यसपछि सबैको मर्ज भएर सम्पदा बनेपछि उनले कम्पनी छोड्नु परेको थियो । सम्पदा छोडेर नेरुडे पुगेका पौडेलले नेरुडेमा गरेका निर्णयहरुमा समेत कर्मचारीहरुको व्यापक असहमति थियो ।
पौडेल भने प्रतिक्रिया माग्न खोज्दा फोन नै उठाईरहेका छैनन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्