काठमाडौँ । विशेष महाधिवेशन पक्षधरले शेरबहादुर देउवासहितका नेतालाई कारवाही गर्न दबाब दिएका छन् । देउवा समूहले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुलम मन्सुरलाई कारवाही गरेपछि विशेष महाधिवेशन पक्षधरले देउवा लगायतका नेतालाई कारवाही गर्न दबाब दिएका हुन् ।
तर, देउवा लगायतका नेतालाई कारवाही गर्ने विषयमा सभापतिको औपचारिक सपथपछि निर्णय गर्ने तयारीन गगन रहेको गगन निकट एक नेताले बताएका छन् ।
यता देउवा समूहले कारवाही गर्ने निर्णय गरेलगत्तै थापाले विशेष महाधिवेशन स्थल (भृकुटिमण्डप) बाट विशेष महाधिवेशन पक्षधर नै आधिकारिक काँग्रेस भएको घोषणा गरेका छन् ।
उनले अब नयाँ नेतृत्व छान्ने विषयमा कुनै पनि अलमल नरहेको बताउँदै विशेष महाधिवेशनले काँग्रेसको नयाँ नेतृत्व चयन गर्ने र सो को जानकारी निर्वाचन आयोगमा गराउने पनि बताएका छन् ।
पार्टीको चुनाव चिन्ह रुख र चार तारे झण्डा आफूहरुसँगै भएको घोषणा गर्दै थापाले अब निर्धक्कसँग पार्टीको नयाँ नेतृत्व चयन गर्ने उद्घोष गरेका छन् । उनले आफूलाई पार्टीबाट निकाल्न काँग्रेस कसैको प्राइभेट कम्पनी नभएको पनि प्रतिक्रिया दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्