काठमाडौँ । गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता चढेको गाडीमा तोडफोड गरिएको छ । वडा अधिवेशनका लागि गोरखा पुगेका रास्वपाका केन्द्रीय सदस्यद्वय प्रकाशचन्द्र परियार र धनेज थापा चढेको गाडीमा तोडफोड भएको हो ।
उक्त गाडीमा परियार र थापासहित पर्यटन विभाग सदस्य प्रकाश लामिछाने पनि सवार थिए ।
उनीहरु वडा अधिवेशनका लागि भिमसेन थापा गाउँपालिका-३, कमलटार पुगेका थिए । गाडी पार्किङ स्थलमा राखिएको अवस्थामै तोडफोड भएको रास्वपाका केन्द्रीय सदस्य प्रकाश परियारले पुष्टि गरेका छन् ।
परियारका अनुसार अज्ञात समूहले गाडीको पछाडिको भागको सिसा फुटाएका छन् । बागमती प्रदेश ०२५ च ७०३० को गाडीको अन्य भागमा पनि क्षति पुगेको छ । हाल गाडी तोडफोड गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्