Skip to content
LAXMI SUNRISE BANK

एमालेमा फेरिए उम्मेदवारः झापा-४ मा साँवालाई टिकट, विष्णु पौडेल रुपन्देही फर्किए

अर्थ सरोकार

काठमाडौँ । नेकपा एमालेले उम्मेदवार फेरबदल गरेको छ । उम्मेदवारका विषयमा चौतर्फी विरोध भएपछि एमालेले उम्मेदवार फेरबदल गरेको हो । 

एमालेले झापा-४ मा एलपी साँवालाई नै टिकट दिने निर्णय गरेको छ । 

यसअघि एमालेले झापा-४ मा मनोजी ताम्लीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो तर सचिवालयको निर्णय उल्ट्याउँदै एमालेले साँवालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । 

यता पाल्पा-२ बाट टिकट पाएका एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देहीमै फर्किएका छन् । चर्को विरोधपछि पौडेल पुनः रुपन्देही-२ बाटै उम्मेदवार बन्ने भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK