काठमाडौँ । कामना सेवा विकास बैंकले वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउनदेखि पुष) सम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको हो । दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्ने कामना सेवा विकास बैंक पहिलो बैंक बनेको छ ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्ममा बैंकले कुल ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आर्थिक वर्षको तुलनामा २२.३४ प्रतिशत कम हो ।
यस अवधिमा बैंकको सञ्चालन मुनाफा २०.९१ प्रतिशतले बढेर ५६ करोड ७२ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी पनि ११.१८ प्रतिशतले बढेर १ अर्ब ८ करोड ९५ लाखबाट १ अर्ब २१ करोड १४ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २९ करोड ५७ लाख रुपैयाँ पुगेको छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर २० रुपैयाँ ४३ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ०७ पैसा छ ।
चुक्तापुँजी ३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ रहेको बैंकको जगेडामा १ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ रहेको छ । बैंकले समीक्षा अवधिसम्म ६३ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५२ अर्ब १० करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्