Skip to content
LAXMI SUNRISE BANK

‘काठमाडौँ घुम्न जाने हो, अधिकार माग्न होइन’- बालेन शाह

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले संघीयता कमजोर भएको भन्दै बलियो हुनुपर्ने बताएका छन् । जनकपुरमा आयोजित चुनावी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै बालेनले यस्तो बताएका हुन् ।

उनले अहिले देशमा सात वटा प्रदेश सरकार भए पनि प्रदेश सरकार भएको अनुभूति आम जनताले गर्न नपाएको बताएका छन् ।

अहिले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत माग गर्नका लागि पनि काठमाडौँ जानुपर्ने अवस्था रहेको भन्दै बालेनले संघीयता र प्रदेश सरकारलाई अझै बलियो बनाउनुपर्ने बताएका छन् ।

‘…जनकपुरको प्रमुख प्रशासकीय अधिकृत फेर्नुपर्यो भने काठमाडौँ जानुपर्छ । जनकपुर प्रदेशको राजधानी हो भने काठमाडौँ किन जाने ?’, शाहले प्रश्न गर्दै भने, ‘काठमाडौँ घुम्न जाने हो, अधिकार माग्न होइन ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK