Skip to content
LAXMI SUNRISE BANK

निर्वाचन आयुक्त र गगन थापालाई पक्राउ गर्न प्रसाईं समूहको माग

अर्थ सरोकार

काठमाडौँ । दुर्गा प्रसाईं समूहले निर्वाचन आयुक्त र काँग्रेस सभापति गगन थापालाई पक्राउ गर्न माग गरेको छ । प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियान अन्तर्गतको ऋणी एसोसिएसनका केन्द्रीय संयोजक देवी संग्रौलाले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो माग गरेका हुन् ।

उनले काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई प्रसाईंमाथि व्यक्तिगत प्रतिशोध नसाँध्न बरु गगन थापा र निर्वाचन आयुक्तलाई पक्राउ गरी अनुसन्धान गर्न चुनौती दिएका छन् ।

‘काठमाडौँका सिडिओ साबलाई खुल्ला चुनौति !! मानवियता नगुमाउनुस् सिडिओ साब, व्यक्तिगत प्रतिशोध दुर्गा प्रसाईंलाई मात्रै किन ?’, उनले लेखेका छन्, ‘निर्वाचन आयुक्त र गगन थापालाई हिरासत राखेर अनुसन्धान गर, दम छ ?’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK