Skip to content
LAXMI SUNRISE BANK

भरतपुर महानगर प्रमुख दाहालले दिइन् राजीनामा

अर्थ सरोकार

काठमाडौँ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मंगलबार राजीनामा दिएकी छिन् । उनले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा पत्र बुझाएकी हुन् ।

दाहालले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि महानगर प्रमुखको पदबाट राजीनामा दिएकी हुन् । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नं ३ को उम्मेदवार बन्न लागेकी दाहालले कार्यपालिकाको बैठक पछि आफ्नो दोस्रो कार्यकालमा हालसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिईन् ।

दाहालको राजीनामासँगै उपप्रमुख चित्रसेन अधिकारी कार्यवाहक प्रमुख बनेका छन् । अधिकारीले दाहालको नेतृत्वमा सम्पन्न गर्न बाँकी कामलाई प्रथामिकता दिने बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK