Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँ-४ मा ८७ वर्षीय वृद्धले गरे स्वतन्त्र उम्मेदवारी दर्ता

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँमा ८७ वर्षीय वृद्धले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । ८७ वर्षीय मदनदेव आचार्यले काठमाडौँ-४ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले मंगलबार निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौँ–४ बाट यसअघि नेपाली काँग्रेसका सभापति गगन थापा निर्वाचित भएका थिए । यसपाली थापा सर्लाही–४ मा उम्मेदवार बनेका छन् । काँग्रेसबाट काठमाडौँ–४ मा सचिन तिमिल्सिना उम्मेदवार बनेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK