Skip to content
LAXMI SUNRISE BANK

एमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्षले छोडे पार्टी, भने- ‘अब बालेनलाई सघाउँछौँ’

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष तथा नेकपा (एमाले) का संगठित सदस्य छवि खतिवडाले पार्टी परित्याग गरेका छन् । सामाजिक सञ्जाल (फेसबुक) मार्फत उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । 

खतिवडासँगै राष्ट्रिय युवा संघका उपाध्यक्ष बिजय तामाङले पनि पार्टी छोडेको घोषणा गरेका छन् । एमाले छाडेका उनीहरु दुवैजना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।

खतिवडा र तामाङले राष्ट्रिय युवा संघको जिम्मेवारी छोड्दै झापा-५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई समर्थन गर्ने निर्णय गरेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै खतिवडाले परिवर्तनलाई आत्मसात् गर्दै अब बाँकी राजनीतिक जीवन स्वतन्त्र रूपमा बिताउने उल्लेख गरेका छन् ।

झापा-५ मा वैकल्पिक र परिवर्तनकारी राजनीतिक धारलाई समर्थन गर्न बालेन शाहको अभियानमा सक्रिय रहने खतिवडाले प्रतिवद्धता व्यक्त गरेका छन् ।

खतिवडाको उक्त निर्णयलाई झापाको स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ । यसले आगामी निर्वाचनमा झापा-५ मा नयाँ राजनीतिक समीकरण र बहसलाई थप बल पुग्ने अपेक्षा गरिएको छ । उनले परिवर्तनको पक्षमा मत दिन पनि मतदातालाई आह्वान गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK